logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको बहस सुरु


अंकुरण खबर
858
Shares

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको बहस सुरु भएको छ ।

संसद् विघटनविरुद्ध शेरबहादुर देउवा मुख्य निवदेक रहेको रिटमा आज दोस्रो दिन पनि बहस जारी रहेको हो ।

अहिले नेपाल बार एसोसिएसनका पूर्वमहासचिव एवं वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरिरहेका छन् । श्रेष्ठले निवेदक पक्षबाट बहस गरेका हुन् ।

बुधवार ५ जना कानुन व्यवसायीले बहस गरेका थिए । शुक्रबारसम्ममा बहस सक्नेगरी तयारी गरिएको अधिवक्ता गोविन्द शर्मा बन्दीले बताए ।

यस्तै, आज बरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमन कुमार श्रेष्ठ, शेरबहादुर केसी, अधिवक्ता डा दिनमणी पोखरेल, बरिष्ठ अधिवक्ता तुलसी भट्ट, वोर्णबहादुर कार्कीलगायतले बहस गर्नेछन् । शुक्रबार अधिवक्ता टिकाराम भट्टराई, सुनिल पोखरेल र भिमार्जुन आचार्यले बहस गर्नेछन्।

निवेदकका तर्फबाट १५ घण्टा बहस गरिनेछ । त्यसपछि प्रतिवादीका तर्फबाट पनि १५ घण्टा नै बहस गरिनेछ ।

एमिकस क्युरीका चारजनाले आफ्नो राय दुई घण्टाभित्र राख्नेछन् । त्यसपछि सुनुवाइको प्रक्रिया सुरु हुनेछ ।