logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युट्युवमा भाइरल सुब्बाको हत्याका आरोपी सार्वजनिक


अंकुरण खबर
741
Shares

विभिन्न पशुपंक्षीको आवाज निकालेर सामाजिक सञ्जालमा भाइरल सन्तोषी सुब्बाको हत्याको आरोपमा पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या आरोपमा सिन्धुपाल्चोक चौतारा घर भएका सुरेश तिमिल्सिनालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

महानगरीय अपराध महाशाखा स्रोतका अनुसार हत्या गरेको आरोपमा प्रहरीले सुरेशलाई असन कमलाछीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ । दक्षिणकालीको वर्कशपमा काम गर्ने सुरेशले सन्तोषीलाई दक्षिणकालीमै भेटेको पाइएको छ ।

त्यसदिन उनीहरु दिनभरी सँगै बसेको पाइएको र सुरेशले सन्तोषीको हत्या गरेपछि त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएको बयान दिएको प्रहरीले जनाएको छ । आमा बिरामी हुनुहुन्छ भन्दै सुरेश राती ११ बजेतिर ट्याक्सी चढेर वल्खुतर्फ आएको पाइएको छ । आमालाई कुनै अस्पतालमा पुराएर उनी भक्तपुर गई बसेको र बुधबार मात्रै उनी असन आएको पाइएको छ ।