logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

असार १७ देखि आन्तरिक हवाई उडान सञ्चालन हुने, ५० प्रतिशत यात्रु मात्र राख्न पाईने


अंकुरण खबर
624
Shares

असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० प्रतिशत यात्रु क्षमतामा आउँदो १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।

जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु गर्न निर्णय गर्दै निर्णय कार्यान्वयन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो । त्यसपछि मन्त्रालयले आउँदो १७ गतेदेखि आन्तरिक उडान गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि गन्तव्य निश्चित हुने र नागरिक उड्डयन प्राधिकरणले उडानको समय तालिका र उडान सङ्ख्या निश्चित गरेलगत्तै आन्तरिक उडान सुरु हुनेछ ।

आन्तरिक उडानमा नौ वटा वायु सेवा कम्पनी छन् । कोरोना सङ्क्रमण बढेपछि गएको वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरिएको थियो ।