भाइरल गर्ल सन्तोषी सुब्बाको हत्याका आरोपी सिन्धुपाल्चोकका सुरेश तिमल्सिनाले हत्या गरेको स्वीकार गरेका छन् ।
असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीको भेट त्यही मोटर वर्कशपमा कार्यरत मजदुर सुरेश तिमल्सिनासँग भएको थियो । सुरेशसँगको भेटमा सन्तोषीले आफूलाई खाने र बासको समस्या भएको बताएकी थिइन् । त्यसपछि अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए ।
पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक पुगेपछि सुरेशले सन्तोषीलाई करणी गर्न खाजे । जरबरजस्ती गर्नेक्रममा सन्तोषीलेप्रतिकार गरेपछि सुरेशले घाँटी थिचि सलले घाँटीमा बेरी हत्या गरेको खुलेको प्रहरीले विहीवार आयेजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
हत्या पश्चात नचिनियोस् भन्ने उद्देश्यले अनुहार क्षतविक्षत हुने गरी ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी अभियुक्त फरार भएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।
प्रहरीले शव सन्तोषीको भएको पुष्टि बुधबार गरेको थियो । त्यसको २४ घण्टा नबित्दै अत्या आरोपीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।