logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच झडप


अंकुरण खबर
1.04K
Shares

रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको छ ।

पाँचौं नगरसभामा प्रमुख अतिथि नेकपा एमालेका नेता प्रभु साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप भएको हो ।

नगरपालिका कार्यालयमा जारी नगरसभाको क्रममा विपक्षी गठबन्धनले मौलापुर चौकमा विरोध प्रदर्शन गरेको थियो । नगरसभाको प्रमुख अतिथि एमाले नेता प्रभु साह रहेका थिए भने उनकी श्रीमती रिना कुमारी साह नगरप्रमुख रहेकी छन्। सो नगरपालिकामा अनियमितता भएको भन्दै अन्य दलले विरोध प्रर्दसन गर्ने क्रममा झडप भएको हो ।

नगरसभामा बजेट पेश गर्ने र विपक्षी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहार गरेको छ ।

केहीबेर अघिसम्म चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए । भिड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नु परेको उनको भनाइ छ । सो नगरपालिकामा अनियमितता भएको भन्दै अन्य दलले विरोध प्रर्दशन र विवाद गर्ने क्रममा अझै रहेको छ । अहिले पनि विबाद जारी रहेको छ ।