logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरले ल्यायो १८ अर्ब ९५ करोड ७७ लाखको बजेट


अंकुरण खबर
2.275K
Shares

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको छ।

काठमाडौं महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा बिहीबार उपप्रमुख हरिप्रभा खड्गीले सो रकमको बजेट प्रस्तुत गरेकी हुन्।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम,कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट प्रस्तुत गरेको उपप्रमुख खड्गीले जानकारी दिइन्।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ।