logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको अहंकारका कारण अहिले संकट आयो : माधव नेपाल


अंकुरण खबर
858
Shares

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको अहंकारका कारण अहिलेको संकट आएको दोहोर्याएका छन् ।

नयाँ बानेश्वरस्थितसंघीय संसद् भवनमा बिहीबार सम्पादकहरूसँगको अन्तर्क्रियामा नेपालले भने, ‘ओलीको अहंकारले यो सबै भइरहेको छ । ओलीले गल्ती सुधारे भने ठाउँ दिन सकिन्छ ।’

तर, त्यसका लागि ओलीले ‘कोर्स करेक्सन’ गरेर आउनुपर्ने उनले बताए । ओलीले आफूमाथि गरेको कारवाही हास्यास्पद भएको उनको भनाइ थियो ।

ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन बदर हुनुपर्ने पनि नेपालले बताए।