logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए २४७४ कोरोना संक्रमित, २४ जनाको मृत्यु


अंकुरण खबर
1.404K
Shares

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २३२ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४७ जनामा कोराना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २३५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा ८९७ जना संक्रमित पुष्टि भएका हुन् ।

आज देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना संक्रमित निको भइसकेका छन् । नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ ।

हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ८ हजार ९१८ जना संक्रमितको मृत्यु भएको छ ।