प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महत्वपूर्ण मन्त्रालय मानिने गृहमन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री विष्णु पौडेललाई दिएका छन् ।
बिहीबार मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै ओलीले पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
रक्षा र परराष्ट्र मन्त्रालय भने उनले आफैंसँग राखेका छन् ।
