नागार्जुन नगरपालिकाको पाँचौं नगर सभा सम्पन्न भएको छ ।
‘समृद्ध नागार्जुनको आधार, पर्यटन सहितको पूर्वाधार’ भन्ने मूलनाराका साथ नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक नीति, बजेट तथा कार्यक्रम आज (बुधबार) सार्वजनिक भएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९मा एक अर्ब, ९६ करोड, ७५ लाख, २५ हजार रुपियाँको बजेट ल्याएकोे हो । यस पटकको बजेटमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि बजेट प्रथामिकता दिएको छ । त्यस्तै कोभिड प्रभावित कृषकलाई कृषि औजार, मल तथा बीउविजनमा ५० प्रतिशत अनुदान दिने, एक वडा एक उत्पादनको अवधारणा अनुसार स्थानीय स्तरमा सबै भन्दा बढि संभाव्यता देखिएका स्रोत र साधनको पहिचान गरी त्यसमा औद्योगिक वस्तुको उत्पादनमा प्रबद्र्धन गर्ने, कृषि पकेट क्षेत्र नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेत, माननीय प्रदेश सभा सदस्य केशव पोख्रेल, प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ ,नगर उप प्रमुख सुशिला अधिकारी,प्रमुख प्रशासकीय अधिकृत,वडाध्यक्षहरु,वडा सदस्यहरु,नगर कार्यपालिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो।
नगरपालिका प्रमुख बस्नेतले नगरपालिकाले यसअगाडि चार वर्षसम्म ल्याएका बजेट सफल रुपमा कार्यान्वयन गरेकाले यो बजेट कार्यान्वयन गरी नगरबासीको विकास निर्माण र सुशासनको प्रत्याभूतिलाई पूरा गर्ने बताए।