काठमाडौंको गोकर्णेश्वरमा टिप्परले ठक्कर दिँदा एक जनाकोे मृत्यु भएको छ ।
शुक्रबार बिहान गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनको परिचय भने खुलेको छैन । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो ।
टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।