वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि आउँदो आइतबारदेखि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ ।
व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरूलाई अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन अनुरोध गरिएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि गत वैशाख २४ गतेदेखि विभागले भौतिक रूपमा उपस्थित भएर प्रदान गरिने सेवा स्थगित गरेको थियो ।
अन्तर्राष्ट्रिय उडानमा सरकारले सहज गरेसँगै यसअघि हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्दै आएकोमा आगामी हप्ताबाट एक दिन फेरि थप गरिएको हो ।