सेवासुविधाको माग गर्दै सिंहदरबार पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्ले कार्ड र ब्यानरसहित सिंहदरबारमा प्रदर्शन गरेका प्राविधिकलाई प्रहरीले नियन्त्रणमा लिएर माइतीघर लगेको छ।
प्राधिकरण घेराउ गरी संयुक्त रुपमा राजीनामा बुझाउने तयारी उनीहरुको थियो। पुनर्निर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण बञ्चित गराएको भन्दै राजीनामा दिन बाध्य भएको बताए।
उनले असार ११ बाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्बन्ध विच्छेद गरेर माग पूरा गराउनका लागि आन्दोलनमा होमिएको बताए।
अध्यक्ष अमरले यसअघि ४ हजार प्राविधिकहरूले एकमुस्ट राजीनामा उद्घोष गरेपछि मात्र सम्पूर्ण माग पूरा भएको स्मरण गर्दै फेरि पनि आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको तर्क गरे।