पर्सामा २० वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।
२० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पटेर्वा सुगौली गाउँपालिका-१ बस्ने २५ वर्षीय सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारीलाई बुधवार प्रहरीले पक्राउ गरेको हो।
अन्सारीले ती महिलाको श्रीमान कामको सिलसिलामा घर बाहिर रहेको मौका छोपी सुत्ने कोठाको झ्यालबाट प्रवेश गरेर अपराधिक बल प्रयोग गरी जबरजस्ती करणी उद्योग गरेको भन्ने प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जबरजस्ती करणी उद्योग सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।