logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक बर्षभित्रमै कसैले माक्स नलाउनुपर्ने गरी काम गर्छु : नवनियुक्त स्वास्थ्यमन्त्री


अंकुरण खबर
663
Shares

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले एक वर्षभित्रमा चमत्कारी परिर्वतन गर्ने दाबी गरेका छन् ।

शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै श्रेष्ठले एक बर्षभित्रमै कसैले माक्स नलाउनुपर्ने गरी काम गर्ने बताएका हुन् ।

मध्यावधि चुनाव अघि नै जनताले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने दावी गर्दै मन्त्री श्रेष्ठले भने, ‘जनताले नो भोट, नो खोप भनेका छन्, हामी एस खोप, एस भोट गराउँछौं। अर्को बर्षसम्म कुनै पनि नागरिकले खोपको चिन्ता गर्न पर्दैन।’

पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले भाषण गर्ने भन्दा पनि काम गरेर देखाउने बताए। ‘खोपको सम्बन्धमा छिटै चमत्कारिक सफलता प्राप्त हुन्छ। प्रधानमन्त्रीको पनि यही चाहना छ,’ उनले भने।

अहिले जनताले नो ‘भ्यासिक्न–नो भोट भन्दै आएका छन्। ‘सरकारलाई सबैभन्दा चुनौति नै सम्पूर्ण नागरिकलाई खोप दिनु हो। भाषण गर्दिन। सिधैं काम गरेर देखाउने छु,’ मन्त्री श्रेष्ठले भने।

कोरोनाको तेस्रो लहर आउन नदिनका लागि रोकथाममा विशेष प्राथमिकता दिने बताउँदै मन्त्री श्रेष्ठले रोकथामका लागि चिन्तित भएर आजैबाट काममा लाग्ने बताए।

मन्त्री श्रेष्ठले संकटमा लड्नका लागि कर्मचारीको मुख्य भूमिका रहने भन्दै सहयोगका लागि आग्रह समेत गरे। मन्त्री श्रेष्ठले शुक्रबार श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने छन्।