logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मस्तिष्कघात भएपछि साहित्यकार वैरागी काइँला अस्पताल भर्ना


अंकुरण खबर
962
Shares

मस्तिष्क घात भएपछि साहित्यकार वैरागी काइँलालाई चावहिलस्थित ओम अस्पताल भर्ना गरिएको छ।

सुकेधारास्थित आफ्नै निवासमा ८२ वर्षीय काइँला बिहीबार एक्कासि बेहोस भएपछि अस्पता भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार काइँला एक वर्षयता घरमै छन्। नसासम्बन्धी चिकित्सकको निगरानीमा रहेका उनको देब्रे हात चलेको छैन भने बोली पनि प्रस्ट बुझिँदैन।

वास्तविक नाम तिलविक्रम नेम्वाङ्ग रहेका वैरागी काइँला आयामेली आन्दोलन (२०२० साल) मार्फत साहित्य क्षेत्रमा नयाँ युग प्रवर्तन गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।

उनले किरात संस्कृतिको आधार मानिने मुन्दुमबारे पाँच दशकदेखि खोज, अनुसन्धान गर्दै लिपिबद्ध गरी उनले दर्जनभन्दा बढी कृति प्रकाशन गरेका उनी २०४७ सालमा प्रज्ञा प्रतिष्ठानका सदस्य भएका थिए।

२०६६ देखि २०७० सालसम्म प्रज्ञा प्रतिष्ठानका कुलपति भइसकेका छन्।