पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४६ जनामा कोराना पुष्टि भएको हो।
९ हजार ५८६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टीजेन परीक्षण गर्दा ६५५ जना संक्रमित पुष्टि भएका हुन्।
आज देशभर ५ हजार ४५५ जना संक्रमित निको भएका छन्। योसँगै नेपालमा हालसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमित निको भइसकेका छन्।
नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ८ हजार ९४५ जना संक्रमितको मृत्यु भएको छ।