कोभिड-१९ का कारण पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ८६ संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै यही अवधिमा ४९ हजार ५२ जनामा संक्रमित थपिएका छन् । भारतमा कोभिडका कारण मृत्यु हुनेको कुल संख्या ३ लाख ९४ हजार ५२४ पुगेको छ । त्यस्तै यो समचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ३ करोड १ लाख ८२ हजार ४६९ पुगेको छ ।
६ लाख २ हजार ३८६ जना अहिले सक्रिय संक्रमित रहेका छन् ।