logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

निर्वाचन अघि नै सबै जनतालाई खोप दिन्छौ : गृह तथा अर्थ मन्त्री पौडेल


अंकुरण खबर
1.027K
Shares

गृह मन्त्री विष्णु प्रसाद पौडेलले सरकारले निर्वाचन अगाडि सवै जनतालाई खोप उपलव्ध गराउने दावी गरेका छन् ।

बुटवलमा आज कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै अर्थ मन्त्री समेत रहेका पौडेलले वर्तमान राजनीतिक समस्याको निकास ताजा जनादेश भएकाले निर्वाचनमा जानु अघिनै सबैलाई खोप उपलव्ध गराउने बताए । उनले सरकारले भोट हाल्न जाँदा मास्क खोलेर जान सक्ने वातावरण बनाउने दावी गरे ।

कार्यक्रममा मन्त्री पौडेलले आफूले पहिले मन्त्री हुँदा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कुरा गर्दा बिरोधीले चुनावी प्रचार भनेर भ्रम फैलाए पनि अहिले योजना निर्माणले मूर्त रुप दिँदा खुसी लागेको बताए ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार देशको चौतर्फि विकास र समृद्धिमा लागेपनि केही तत्वको बिरोधका कारण सोचेअनुकुल काम गर्न नसकेको जीकिर गरे ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसक्दा प्रतिनिधिसभा विघटन भएको मन्त्री पौडेलको दावी थियो ।