logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप्ने तयारी, सार्वजनिक सवारी तत्काल नखुल्ने


अंकुरण खबर
754
Shares

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी गरिएको छ ।

अहिले जारी निषेधाज्ञा थप गर्ने या नगर्ने भन्नेबारेमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । अपरान्ह बस्ने बैठकले निषेधाज्ञाको स्वरूपबारे निर्णय गर्ने बताइएको छ ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अहिलेकै मोडालिटीको निषेधाज्ञा थप एक साता थप्ने सम्भावना रहेको छ ।

पछिल्लो निषेधाज्ञामा समय र दिन तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ ।

अहिले काठमाडौ उपत्यकामा निजी सवारी लगायतमा जोर–बिजोर लागु गरेर चल्न दिइएको छ तर सार्वजनिक सवारी–साधन भने चल्न दिइएको छैन । स्रोतका अनुसार तत्काल सार्वजनिक सवारी–साधन खुला गर्ने योजनामा उपत्यकाका प्रशासन कार्यालयहरु छैनन् ।

गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक पटक थप्दै र मोडालिटी परिवर्तन गरिदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोली असार १४ गते राति १२ बजे सकिँदै छ ।