logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीमा तीन जनाको मृत्यु, दुई घाइते


अंकुरण खबर
754
Shares

सुनसरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

आइतबार बिहान पौने ८ बजे कोशी गाउँपालिका वडा नम्बर ८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरीत दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर वडा ७ का ४० वर्षीय अक्षय कुमार गुप्ता गम्भीर घाइते भएका थिए ।

उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
दुर्घटनामा परी दुई जना घाइते समेत भएका छन् ।

घाइते भएका हायस चालक नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ३५ वर्षीय विवश तामाङ र हायसका सहचालक २५ वर्षीय नारायण बत्स्यालको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

दुर्घटना भएका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा छ।