logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निषेधाज्ञा : उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक अपरान्ह ४ बजे बस्दै


अंकुरण खबर
780
Shares

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुन : थप हुने भएको छ ।

यसबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने तय भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे थप्ने निर्णय गरिने छ। निषेधाज्ञा थपिने निश्चित भएपनि कति समयका लागि थपिने बैठकले निर्णय गरिने उनले बताए ।

तर स्रोतका अनुसार पुनस् एक साता निषेधाज्ञा थपिने सम्भावना रहेको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले गत बैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
गत साता केही खुकुलो गरी निजी सवारी साधान जोररबिजोर प्रणाली र पसल व्यवसाय वार अनुसार सञ्चालन गर्ने छुट दिएको थियो ।