logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशका २ जना मन्त्रीले पाए मन्त्रालय


अंकुरण खबर
715
Shares

गण्डकी प्रदेश सरकारका ४ जनामध्ये २ जनालाई जिम्मेवारी (मन्त्रालय) तोकिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै मन्त्रीको शपथ लिएका कुमार खड्का र मधुमाया अधिकारीले मन्त्रालय पाएका हुन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका कुमार खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

मन्त्रालय तोकिएका मध्ये अधिकारीले पद्भार ग्रहण गरिसकेकी छन् भने खडकाले आइतबार साँझसम्म पद्भार ग्रहण गर्ने जनाइएको छ ।
नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि नेपाली कांग्रेसका पोखरेल जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । जेठ २९ गते नै मुख्यमन्त्री पोखरेलसँगै ४ जना मन्त्रीले शपथ ग्रहण गरेका थिए ।

शपथ ग्रहण गरेकामध्ये जनता सामाजवादी पार्टी (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)ले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।