सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि थप ४ उडान कम्पनीलाई अनुमति दिएको छ ।
पहिले ५ पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएकोमा सरकारले थप ४ वटा हवाई कम्पनीलाई अनुमति दिएको हो ।
अब अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेमा नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि उडान गर्नेछन् ।
त्यसैगरी आन्तरिक हवाई उडान पनि बिहीबारदेखि शुरु हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान गर्ने हवाई निर्णय गरेको छ ।