पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ जना पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउँनेको संख्या ९००९ जना पुगेको छ ।