प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरु उपर रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएको छ ।
सुरुवाती बहसका लागि निवेदकका कानुन व्यवसायीलाई संवैधानिक इजलासले १२ घण्टा समय तोकेको थियो ।
निवेदकका कानुन व्यवसायीले सरकार पक्षको बहसपछि थप ३ घण्टा प्रत्युत्तर बहस गर्न पाउने छन् । आइतबार निवेदकका तर्फबाट १६ जना कानून व्यवसायीले बहस गरेका छन् ।
आइतबार वरिष्ठ अधिवक्ता सविता भण्डारी, बाबुराजा जोशी, अधिवक्ता पदम रोका, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, सतिषकृष्ण खरेल, नरहरि आचार्य, डा चन्द्रकान्त ज्ञवाली, उमेश गौतम र यदुनाथ खनाल लगायत १६ जनाले बहस गरेका छन् ।
सोमबारबाट प्रधानमन्त्रीका कानून व्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् ।
विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलासमा जानकारी दिए । विपक्षीका लागि १५ घण्टा समय छुट्याइएको छ ।