logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा फेरि निषेधाज्ञा थपिने, सार्वजनिक यातायात खोल्नेबारे छलफल


अंकुरण खबर
1.092K
Shares

काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि थपिने भएको छ। हाल जारी निषेधाज्ञा असार १४ गते राति १२ बजे सम्म कायम रहने छ।

अब थपिने निषेधाज्ञामा के के खुकुलो बनाउने भन्ने बारे उपत्यकाका सिडिओहरु छलफलमा जुटेका छन।

अधिकारीहरुका अनुसार उपत्यकामा अब एक हप्तादेखि १० दिनसम्म निषेधाज्ञा लम्ब्याउने तयारी छ।

कोरोना भाइरसको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेको काठमाण्डौका सिडिओ कालीप्रसाद पराजुलीले बताए।

अहिले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात खुलाउन माग गर्दै आएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल सार्वजनिक यातायात नखुलाउन सुझाव दिएको छ। तर, व्यवसायीले दबाब दिएपछि सिडिओहरु सार्वजनिक गाडीलाई कसरी खुलाउने भन्नेबारे छलफल जुटेका छन्।

काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरुको संयुक्त बैठकमा २० सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यातायातलाई जोर–बिजोर प्रणालीमा बढीमा ५० प्रतिशत यात्रु बोक्ने गरी चलाउन दिनेबारे छलफल भइरहेको बताइएको छ।