logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीलाई अर्को झड्का, राजदूत नियुक्ति निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


अंकुरण खबर
949
Shares

पछिल्लो समय आफ्नै निर्णयका कारण कामचालाउ प्रधानमन्त्री केपी ओलीलाई एकपछि अर्को झड्का लाग्ने क्रम जारी छ । आइतबार उनलाई फेरि अर्को झड्का लागेको हो।

सर्वोच्च अदालतले आज (आइतबार) ओलीको अर्को निर्णय कार्यान्वयन गर्न रोक लगाउन आदेश दिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले सरकारले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयनमा रोक लगाउने आदेश दिएको हो।

मन्त्रिपरिषदले वैशाख २५ गतेको बैठकमा कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो। त्यसविरुद्ध अधिवक्ता दिपकविक्रम मिश्रले सर्वोच्च अदालतमा रिट दिएका थिए।

त्यही रिटमाथि सुनुवाइ गर्दै मल्ल र ढुङ्गानाको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म राजदुत नियुक्तिको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो।

हेर्नुहोस् यस्तो आदेश :