उपत्यकामा जारी निषेधाज्ञाकाबारेमा छलफल गर्न बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरूको बैठक सकिएको छ ।
कोभिड संक्रमण नियन्त्रणमा नआइसकेको अवस्थामा अझै केही दिन निषेधाज्ञा जारी राख्ने र जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे छलफल गर्दै बैठक सकिएको छ । बैठकले भिडभाडलाई कम गर्न जोर बिजोर गरी ५० प्रतिशत क्षमतामा सवारी साधन चल्न दिनेबारे भाली निर्णय गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली जनाएका छन् ।
आजको बैठकमा तिनै जिल्लाका प्रमुखहरुले आ-आफ्नो जिल्लाको वास्तविक अवस्थाबारे छलफल गरेका थिए । पछिल्लो अवस्था हेर्दा उपत्यकाभित्र थप एक साता निषेधाज्ञा लम्बयाउने विषयमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत भएका छन् ।
निजी सवारीसाधन र व्यापार,व्यवसायमा सञ्चालनमा केही खुकुलो गर्दै असार ७ गतेबाट थपिएको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदैछ ।