logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो, सार्वजनिक यातायातबारे छलफल चल्दै


अंकुरण खबर
1.352K
Shares

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सोमबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले निषेधाज्ञा एक हप्ता लम्ब्याउने निर्णय भएको जानकारी दिए ।

यसअघि थपिएको निषेधाज्ञा आज रातिदेखि सकिँदै थियो ।

सीडीओहरूको बैठकमा उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा समेत छलफल भइरहेको छ ।

निजी सवारी जस्तै सार्वजनिक यातायातमा पनि जोर बिजोर लागू गर्नेबारे निर्णय हुन सक्ने स्रोतले बतायो ।

कोरोना संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण दर घट्दै गएपछि निषेधाज्ञा खुकुलो गर्न लागिएको हो ।