logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कम्युनिष्ट पार्टीको नाम र नेतृत्वमा लोकतन्त्र र संविधानमाथि प्रहार भैरहेको छ : नेपाल


अंकुरण खबर
1.482K
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको नाम र नेतृत्वमा लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको बताएका छन् ।

तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा एक वक्तव्य जारी गर्दै नेता नेपालले सरकार जनविश्वासको जगमा देशको संविधान अनुसार र पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी सञ्चालन नभएको उल्लेख गरेका हुन् ।

राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको नेता नेपालको भनाइ छ ।

“शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,” विज्ञप्तिमा भनिएको छ।

नेता नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकतालाई आग्रह पनि गरेका छन् ।