logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

५.६ अंकले बढ्यो शेयर बजार


अंकुरण खबर
767
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोस्रो दिन आज सोमबार सामान्य अंकले बढेको छ ।

आज नेप्से ५.६ अंकले बढेर दुई हजार ८ सय ७५ दशमलब ४५ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज नेप्सेमा ७ अर्ब ७२ करोड ५५ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये पाँच समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् ।

त्यस्तै, आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्त वित्तिय संस्था र सबैको लघुवित्त वित्तिय संस्था रहेका छन् । जसको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।

त्यसैगरि, आज बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको कारोबार भएको छ । यस कम्पनीको आज ६६ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।