logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा एटीएम तोडफोड गर्दै गरेको अवस्थामा २ जना पक्राउ


अंकुरण खबर
728
Shares

पैसा लुट्नका लागि एटीएम बुथ तोडफोड गरेको आरोपमा मोरङ प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

मोरङको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीस्थित सरस्वती खड्काको घरमा रहेको एनआइसी एसिया बैंकको एटीएम बुथमा तोडफोड गरिरहेको अबस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–९ का २४ बर्षीय मोहम्मद ईम्तियाज र २५ बर्षीय मोहम्मद अनिष हुसेन रहेका छन्।

बिभिन्न हाते औजारहरु प्रयोग गरेर एटीएम बुथ तोडफोड गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान ३ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो।

हाते औजारसहित पक्राउ परेका उनीविरुद्ध चोरी उद्योग कसूरमा थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।