logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए २४४४ जना कोरोना संक्रमित, ४२ जनाको मृत्यु


अंकुरण खबर
793
Shares

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको हो । जसमध्ये ६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएका हुन् ।

आज देशभर ३ हजार ८५३ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेका छन् ।

नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ९ हजार ५१ जना संक्रमितको मृत्यु भएको छ ।