logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायातमा जोरबिजोर


अंकुरण खबर
2.184K
Shares

दुई महिनापछि रुपन्देहीमा सार्वजनिक यातायात चल्ने भएका छन् ।

कोरोना संक्रमणको चेन ब्रेक गर्न बैशाख १६ गतेदेखि रुपन्देहीमा निषेधाज्ञासँगै बन्द भएका सार्वजनिक यातायात मंगलबारदेखि जोरबिजोर बनाएर संचालन गरिने भएको छ ।

सोमबार बसेको डिसिएमसीको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।

जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने भएपनि जिल्लामा लगाइदै आएको निषेधाज्ञा भने एकसाताका लागि थप गरिएको छ ।

निषेधाज्ञामा धेरै मानिस जमघट हुने कार्यक्रम, होटल, विद्यालय, फिल्म हाउसलगायत संचालन गर्न पाइने छैन ।