पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणले उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको देखाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ३ सय ५५ जना, ललितपुर जिल्लाका १ सय १२ जना र भक्तपुर जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ४ हजार ४ सय ५३ जना, भक्तपुरमा १ हजार ७ सय ३८ जना र ललितपुरमा २ हजार २ सय ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमणबाट २ हजार ७ सय ७५ जनाको ज्यान गइसकेको छ । जसमा काठमाडौंमा १ हजार ८ सय ७०, ललितपुरमा ३ सय ६४ र भक्तपुरमा ५ सय ४१ जना रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । आज देशभर ३ हजार ८५३ जना संक्रमित निको भएका छन् । भने पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ ।