logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा आजदेखि सार्वजनिक सवारी सञ्चालनमा, सबै पसल व्यवसाय सञ्चालनको अनुमति


अंकुरण खबर
871
Shares

काठमाडौं उपत्यकामा आजदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी सञ्चालनमा आएका छन् ।

झण्डै २ महिनापछि उपत्यकामा सार्वजनिक सवारी सञ्चालनमा आएको हो । कोरोना भायरसको संक्रमण रोक्न निषेधाज्ञा जारी गरे यता सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइदै आएको थियो ।

सार्वजनिक सवारीलाई आजदेखि सञ्चालन गर्ने अनुमति दिए पनि २५ सिट भन्दा माथिका सवारी मात्र चलाउन पाइनेछ ।

सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजदेखि २५ सिट माथिका बस चलाउन पाइने निर्णय गरेको हो । जोर बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ । लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन ।

उपत्यकामा चल्ने बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । उपत्यकाभित्र निषेधाज्ञा भने एक साता थप गरिएको छ ।

सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएका छन् ।