logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु, चार जना घाइते


अंकुरण खबर
845
Shares

मंगलबार बिहान पानीसँगै परेको चट्याङले पर्सामा ३ जनाको मृत्यु भएको छ । चट्याङले १ जना गम्भीर र तीन जना सामान्य घाइते भएका छन्।

चट्याङ लागेर पर्साको पटेर्वासुगौली गाउँपालिकामा दुईजना र जीराभवानी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो।

पटेर्वासुगौली–४ पथरैयामा भैंसी चराउन गएका सोही वडाको देउरबाना बस्ने ५५ वर्षका रघुबिर यादवको चट्याङ लागेर मृत्यु भएको छ भने सोही पालिका वडा नम्बर–१ गदियानी बस्ने वर्ष २७ को रोसलान गदीको मृत्यु भएको छ। गदी भने चट्याङ लागेर गम्भीर घाइते भएको र उनको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।

त्यस्तै जीराभवानी गाउँपालिका वडा नम्बर–३ जितपुर बस्ने बर्ष ५० कि असतुरनी देवी थरुनीको पनि चट्याङ लागेर मृत्यु भएको छ। जीराभवानी गाउँपालिकाका चट्याङ लागेर तीनजना समान्य घाइते भएका छन्।

चट्याङले मृत्यु भएका तीनै जनाको घटना स्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।