मकवानपुरको भीमफेदी गाउँपालिकामा भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् ।
आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा गाउँपालिकाको वडा नम्बर ३ कटुसघारीमा ४२ वर्षीय माइते लामा घाइते भएका हुन् ।
बाँदर धपाउने क्रममा बन्दुक पड्किँदा लामा घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
लामालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।