logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितको उपचारमा अब शुल्क लाग्ने


अंकुरण खबर
806
Shares

सरकारले कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका मेडिकल कलेजहरुलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ ।

अब सरकारी अस्पतालबाट र प्रतिष्ठानहरुबाट मात्रै कोरोनाको निशुल्क उपचार हुने भएको छ ।

यसअघि, सम्झौता गरिएका मेडिकल कलेजहरुलाई असार १४ को मितिसम्म भर्ना भएकाहरुको मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने र भोलिदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना रकम उपलब्ध नगराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिड संक्रमितको उपचारमा सरकारले तोकेभन्दा बढी शुल्क नलिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले यसअघि विभिन्न निजी अस्पतालहरुसँग सम्झौता गरी कोभिड संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो । सामान्य संक्रमितको उपचार गरेबापत तीन हजार ५००, अक्सिजनसहितका संक्रमितको सात हजार र सघन उपचार गरेबापत १५ हजार दैनिक प्रतिव्यक्ति रकम उपलब्ध गराउँदै आएको थियो ।