स्वास्थ्य

साउन ९ देखि चिकित्सा शास्त्र स्नातक तहको प्रवेश परीक्षा

चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउनदेखि शुरु हुने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चिकित्सा शिक्षा तर्फको स्नातक परीक्षाका लागि अनुमती दिएको हो ।

चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले कोभिडका कारणले सर्दै आएको परीक्षा ९ साउन देखि करीब ५ दिन सञ्चालन हुने जानकारी दिए ।

यसपटक परीक्षा काठमाडौँ बाहेक मोफसलका चार स्थानमा पनि सञ्चालन हुनेछ । काठमाडौँ सहित धरान, पोखरा, चितवन र नेपालगञ्जमा समेत परीक्षा केन्द्र तोकिएको उनले बताए ।

यसपटकको परीक्षाको लागि ३२ हजार ८०० बढीले फारम भरेका छन् । त्यसमध्ये सबैभन्दा बढी एमबीबीएसमा रहेको आयोगले जनाएको छ ।

Comment here