पछिल्लो २४ घण्टामा २६३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
७२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २६३६ जनामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४४८९ जना रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ९२ हजार ५३५ पुगेको छ।
त्यस्तै आज कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ।