logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु


अंकुरण खबर
1.261K
Shares

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको हो ।

प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा ५ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । उनका अनुसार कास्कीमा ३, लमजुङमा १ र म्याग्दीमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

त्यसैगरी गण्डकी प्रदेशमा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १६३ जनाको नमुना परीक्षण गरिएकामा २८३ जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये १३७ पुरुष र १४६ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२४ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ३३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५१  हजार ७३० पुगेको छ ।