logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध


अंकुरण खबर
2.314K
Shares

गएरातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ।

पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो। लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए।

उनले भने, ‘पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडीले जबरजस्ती हालिदिएपछि लेदो माटोका कारण सवारी फस्यो।’

त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको उनले बताए। अहिले एक्जाभेटर ल्याएर सडक खुलाउने प्रयास भइरहेको छ।