logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आयोगले बोलायो जसपाका दुवै पक्ष


अंकुरण खबर
1.391K
Shares

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। प्रमाण नपुगेको भन्दै आयोगले ठाकुर पक्षलाई जवाफ मागेको थियो। ठाकुर पक्षले जवाफ दिएपछि छलफलका लागि दुवै पक्षलाई बोलाएको हो।

जसपाको आधिकारिकता विवाद टुंगो लगाउनका लागि दुवै पक्षलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। असार २२ गते बिहान ११ बजे दुवै पक्षलाई बोलाइएको उनले बताए।

अध्यक्ष यादवले बहुमत केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर आधिकारिकता दाबी गरेका थिए। त्यसपछि निर्वाचन आयोगले अर्का अध्यक्ष ठाकुरसँग १५ दिनभित्र जवाफ मागेको थियो। ठाकुर पक्षले आइतबार जवाफ बुझाएको आयोगले जनाएको छ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने विषयमा जसपाभित्र विवाद उत्पन्न भएको हो। ठाकुर पक्षले ओलीलाई सघाउदै आएको छ भने यादव पक्ष विरोधमा छ। यहि कारणले जसपा फुटको संघारमा पुगेको हो।