logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदलाई जीवन्त बनाई लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आवश्यक : सभामुख सापकोटा


अंकुरण खबर
1.222K
Shares

नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको दिनलाई आधार मानेर हरेक वर्ष असार १६ गते संसद दिवस मनाउने गरिन्छ ।

यसै अवसरमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता भएको बताएका छन्।

यस दिवसका अवसरमा उनले एक सन्देश जारी गर्दै प्रतिनिधिसभामाथिको पटकपटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरे ।

यस दिवसले संघीय संसद सदस्य, संविधानसभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

यस वर्ष संसद दिवस मनाउँदै गर्दा मुलुकले कोरोना महामारी, मौसमजन्य विपत्ती र प्रतिनिधिसभाको दोस्रोपटक विघटनलगायतका कारण चौतर्फी संकट व्यहोरिरहेको उनको सन्देशमा उल्लेख छ।