logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्व माओवादीका चारसहित एमाले स्थायी कमिटीमा ८ सदस्य थप


अंकुरण खबर
741
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्थायी कमिटीमा ८ जनालाई मनोनयन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादीका चार नेतासहित ८ जनालाई स्थायी कमिटीमा मनोनीत गरेको हो।

बैठकले पूर्व माओवादी खेमाका ४ र एमालेतर्फका ४ जनालाई स्थायी कमिटीमा मनोनयन गरेको छ।

यसअघि एमाले स्थायी कमिटीमा नरहेका तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्रियाशील रहेको समयमा स्थायी कमिटीमा रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमाले स्थायी कमिटीमा मनोनयन भएका हुन् । एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई पनि स्थायी कमिटीमा समेटिएको छ ।

बेदुराम भुसालले केहीदिन अघि मात्रै स्वतन्त्र संसदको हैसियत माग्दै संसद् सचिवालयमा पत्र लेखेका थिए । भुषाल राष्ट्रियसभा सदस्य हुन् ।

एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी ब्युँताएको छ । केन्द्रीय कमिटीको बैठक यही असार १८ गतेका लागि बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिएका छन् ।