logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा २,८९२ नयाँ संक्रमित थपिए, ४१ जनाको मृत्यु


अंकुरण खबर
806
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८७ पीसीआर परीक्षणबाट १ हजार ८८९ जना र ४ हजार ३८१ एन्टिजेन परीक्षण हुँदा १ हजार ३ जना गरी कूल २ हजार ८९३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार ५९७ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभर गरी हालसम्म ३३ हजार ५६१ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, आज ४१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोन संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।