logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेता झलनाथ खनालको सबै उपचार खर्च एमालेले बेहोर्ने


अंकुरण खबर
1.287K
Shares

स्वास्थ्यमा समस्या देखिएपछि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनालको सबै उपचार खर्च पार्टीले बेहोर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) सम्पन्न एमाले १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले नेता खनालको सबै उपचार खर्च बेहोर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ।

महाधिवेशन आयोजक कमिटीको आज अन्तिम बैठक बसेको हो । आजकै बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेर साबिकको केन्द्रीय कमिटी ब्युँताएको छ ।