logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज अधिकांश स्थानमा भारी वर्षा हुने,बाढी पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अप्नाउन आग्रह


अंकुरण खबर
4.069K
Shares

आज देशका अधिकांश भूभागमा भारी वर्षा हुनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए आनुसार मनसुनी वायु सक्रिय रहेनुका साथै मनसुनी न्युन चापीय रेखा तराईको भूभाग नजिक आएकाले आज केही स्थानमा हावाहुरी सहित अधिकांश स्थानमा भारी वर्षा हुनेछ ।

अहिले प्रदेश १, प्रदेश २, बागमती,लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा वर्षा भैरहेको छ । यसैगरी, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

माहाशाखाले भारी वर्षाका कारण तटीय क्षेत्रका बासिन्दाका साथै देशैभर बाढी पहिरोको जिखिम बढेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

चितवन,सिन्धुली,तनहुँ, मकवानपुर, धनुषा, काभ्रे, सिन्धुपाल्चोक लगाएतका जिल्लाका तल्लो तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन सम्वन्धित निकायले आज बिहान साढे ५ बजे नै एसएमएसमार्फत सूचना पठाइ सकेको छ ।